पत्रकार मल्लको परिवार आर्थिक संकटमा

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–१ निवासी पत्रकार सुमन मल्ल अस्ताएसँगै उनको परिवारमा संकट आएको छ ।

सामाजिक कुरीति तथा भष्टाचारविरुद्ध खरो कलम चलाउने मल्ल ४० वर्षको कलिलो उमेरमा अस्ताएको ११ महिना भयो ।

वृद्धा आमा र श्रीमतीलाई तीन बालबालिकाको भविष्यबारे पिरोल्ने गरेको छ । नाटकका लेखक तथा निर्देशन रहेका मल्लले कर्णालीका धेरैको दुःख लेखे तर आज उनको परिवारको दुःख देख्ने कोही छैन ।

७० वर्षीय वृद्ध आमा मुघा मल्ल छोराको सम्झनामा र पीर कटाउने उद्देश्यले हरेक दिन गीतका भाकामा दुःख पोख्दै छोरालाई सम्झने गरेकी छन् । पत्रकार तथा नाट्यकार मल्ल एक खरो पत्रकार थिए ।

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्