गठबन्धनको बैठक सर्यो

काठमाडौं। वैशाख ६, आगामी स्थानीय तहको चुनावमा सिट बाँडफाँटका लागि बोलाइएको सत्ता गठबन्धनको बैठक ३ घन्टा पछाडि सारिएको छ । बैठक दिउँसो दुई बजे बस्ने भएको छ ।
सोमबार दिनभर छलफलपछि साढे ११ बजे बस्ने भनिएकोमा नेताहरुले पार्टीका आन्तरिक छफलका लागि समय आवश्यक भन्दै बैठक सारेका हुन् । त्यसअघि देउवाले पोखरा र भरतपुरबारे छलफल गर्न जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएका छन्