रुस माथि लगाइएको पश्चिमा प्रतिबन्ध असफल

काठमाडौं। वैशाख ६, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले आफ्नो राष्ट्र माथि लगाएका प्रतिबन्धहरू असफल भएको बताएका छन् ।
यस्ता प्रतिबन्धले उल्टै पश्चिमा मुलुकको अर्थतन्त्र खस्किएको पुटिनको भनाइ छ ।
पश्चिमाले प्रतिबन्धका कारण रुसको वित्तीय–आर्थिक अवस्था छिट्टै उथलपुथल गर्ने, बजारमा त्रास फैलाउने, बैंकिङ प्रणाली ध्वस्त हुने र अभाव सिर्जना हुने अपेक्षा गरेको तर उनीहरूको रणनीति अफसल भएको पुटिनले बताए । पुटिनले सोमबार वरिष्ठ अर्थ अधिकारीहरूसँग भिडियो कलमार्फत टेलिभिजनमा सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।