सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सर्‍यो

सहयात्रा टिभी

काठमाडौं। वैशाख ६, पालिका चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको लागि छलफल गर्न बिहान ११ बजे बस्ने भनिएको सत्ता गठबन्धनको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।

पार्टीको आन्तरिक तयारीको लागि भन्दै दलहरुले बैठक दिउँसो दुई बजेका लागि सारेका हुन् । अरु नगरपालिका र उपमहानगरपालिकामा सहमतिको नजिक भए पनि पोखरा महानगरपालिकामा कुरा नमिलेको नेताहरुले बताएका छन् ।

पोखरा महानगरको मेयरमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले दाबी गरेका छन् । यस्तै माओवादी केन्द्रले दाबी गरेको चितवनको भरतपुुर महानगरपालिकामा पनि कांग्रेसका स्थानीय नेताले दाबी छाडेका छैनन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पोखरा र भरतपुरका जिल्ला सभापतिहरुलाई छलफलका लागि काठमाण्डौ बोलाउनुभएको छ ।

प्रकाशित : 19 April, 2022

प्रतिक्रिया दिनुहोस्