घोराहीको मेयर आफूले पाउनुपर्ने कांग्रेसको माग
सहयात्रा टिभी
काठमाडौं। वैशाख ६, नेपाली कांग्रेस घोराही उपमहानगरपालिकाको मेयर आफूले पाउनुपर्ने दाबी प्रस्तुत गरेको छ।
घोराही नगरसमितिले मंगलबार घोराहीमा पत्रकार गरी गठबन्धनका नाममा २०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिस्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो।
२०७४ सालको निर्वाचनमा एमालेका नरुलाल चौधरीले २२ हजार ३ मत प्राप्त गरी निर्वाचित भएका थिए। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ र नेकपा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए।
अहिले पनि चौधरी र डाँगीलाई दुबै पार्टीले मेयरका लागि सिफारिस गरिसकेका छन्। तर, टिकट पाउने सम्भावना क्षीण बनेपछि गौतमले भने सोमबार मात्रै माओवादी पार्टी त्यागेको घोषणा गरिसकेका छन्।