पन्जाव र दिल्ली आईपीएलमा भिडदै

काठमाडौं। वैशाख ७, आज इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्स बीच प्रतिस्पर्धा हुँदैछ ।
मुम्बईमा दुुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुुरु हुनेछ । त्यस्तै गरी आजको खेलमा दिल्ली तेस्रो जित निकाल्ने योजनामा छ ।
दिल्लीले ५ लिगमा पाँच खेल खेलेको दिल्ली ४ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ । भने पन्जाब पनि आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।
आजको खेलमा सहज जित निकाले पन्जाब शीर्ष चारमा उक्लने योजनामा छ । पन्जाबले ६ खेलमा ६ अंक जोडेर तालिकाको सातौं स्थानमा छ । यता दिल्लीले आजको खेमला जित निकाल्न सकेमा छैटौं स्थानमा उक्लने छ ।