सेयर बजारमा सुधार

सहयात्रा टिभी

काठमाडौं। वैशाख ७, आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से सूचक १३ दशमलव ३७ अंकले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ बिन्दुमा पुगेको हो ।

 


भने निरन्तर घटेको बजारमा ब्रेक लागे पनि कारोबार रकम भने बढ्न सकेको छैन । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ३२ लाख कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ ।

नबिल बैंक, हिमालयन डिस्टिलरी, महालक्ष्मी विकास बैंक, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको तीन करोड रुपैयाँ देखि ६ करोड रुपैयाँसम्मको कारोबार भएको छ । नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै संस्थाको मूल्यमा निरन्तर आकर्षण बढिरहेको देखिएकाले मूल्य अझै बढ्ने अनुमानमा लगानी कर्ताको ध्यान तानिएको छ ।

वैशाख सम्ममा २२ लाख ७७ हजार सात सय ४३ आवेदन बाट दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँबराबरको दुई करोड ५६ लाख ८८ हजार चार सय ५० कित्ता सेयरका लागि आवेदन परेको हो ।

लघुवित्तले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँबराबरको तीन लाख ९५ हजार तीन सय ३६ कित्ता आइपिओ जारी गरेको हो ।

प्रकाशित : 20 April, 2022

प्रतिक्रिया दिनुहोस्