कांग्रेस कार्यालयमा कार्यकर्ताले लगाए ताला

सहयात्रा टिभी

काठमाडौं। वैशाख ७, पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइ दिएका छन्।

त्यसै गरी नेपाली कांग्रेस पोखरा महानगर कार्य समितिले जिल्ला कार्यालयमा ताला लगाएको बताएको छ ।

सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेको थियो।

गत सोमबार कास्की कांग्रेसले विज्ञप्ति निकालेर जिल्ला स्तरको गठबन्धनबाट बाहिरिन र स्वच्छ प्रतिस्पर्धामा उत्रिन समाजवादीलाई आग्रह गरेको थियो। विज्ञप्तिमा समाजवादी पार्टीलाई मेयर मात्र होइन, कुनै पनि वडामा वडा सदस्य समेत दिन नसकिने कांग्रेसले जनाएको थियो।

प्रकाशित : 20 April, 2022

प्रतिक्रिया दिनुहोस्