क्यान इन्फोटेक मेला आज देखि सुरु

काठमाडौं। वैशाख ८, कम्युटर एशोसिएसन नेपाल क्यान महासघंको आयोजनामा बर्सेनि हुने मेलाको यो २७ औं संस्करण हो ।
क्यान महासंघका अनुसार ६ दिन सम्म चल्ने क्यान इन्फोटेक मेलामा विभिन्न कम्पनीका १ सय ७० स्टल छन् । मेलामा चार लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
मेलाको शीर्ष प्रायोजक आइएमई पेले एक रुपैयाँमै टिकट काट्ने सुविधा दिएको छ ।सूचना प्रविधिको विकासबाट मात्र दूरदराजसम्म कसरी पु¥याउनेमा ध्यान दिनुपर्नेछ
र पर्यटनबाट जस्तै विदेश निर्यात गर्दै विदेशी मुद्रा कसरी आर्जन गर्न सकिन्छ भन्ने बारेमा ध्यान दिनु आवश्यक छ,” मन्त्री कार्कीले भने । उनले यस क्षेत्रको विकास तथा प्रयोगबाट आर्थिक गतिविधि बढेको र रोजगारी सिर्जना भएको भन्दै स्वास्थ्य, शिक्षा, कृषि लगायतका सेवा सहज र सरल भएको बताए ।