कर्णाली प्रदेशमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन

सहयात्रा टिभी

काठमाडौं। वैशाख ८,आगामी आर्थिक वर्षदेखि कर्णाली प्रदेशमा अति विपन्न नागरिकको जीवनस्तर उकास्न र पूर्वाधार विकासमा सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालयले जनाएको छ ।

कार्यत्रम सञ्चालन गर्न संघीय सरकारले ९० प्रतिशत र स्थानीय तहले १० प्रतिशत लागत बेहोर्नुपर्नेछ । त्यस्तै गरी कार्यक्रम लागू भएपछि स्थानीय तहले २५ लाखदेखि २ करोडसम्मको अनुदान प्राप्त गर्नेछन् ।

जसका लागि संघीय सरकारले प्रदेश सरकारलाई एकीकृत बस्ती छनोट गरी सिफारिस गर्न भनेको छ ।

बस्ती विकासका लागि कार्यक्रम छनोट गर्न स्थानीय तह र प्रदेश सरकारलाई पत्राचार गरिएको मन्त्रालयका सीडीई होमनाथ पौडेलले बताए । उनका अनुसार कार्यक्रम लागू भएपछि विपन्नका लागि घरदेखि हाट बजारसम्मका पूर्वाधारका आयोजनाहरू सञ्चालन हुनेछन् ।

प्रकाशित : 21 April, 2022

प्रतिक्रिया दिनुहोस्