हात्ती सँगै चितुवा आतंक

सहयात्रा टिभी

काठमाडौं। वैशाख ८, झापाको बुद्ध शान्ति गाउँपालिका ८ मा दैनिकजसो चितुवाले पशु चौपाया मार्न थालेपछि स्थानीयवासी त्रसित हुन थालेका छन् ।

दिनभर आदर्श सामुदायिक वनभित्र बस्ने र साँझ परेपछि गाउँ पसेर स्थानीयवासीको सँगुर, बाख्रा, गाईलगायत मार्न थालेपछि स्थानीय त्रसित हुन थालेका हुन् ।

आदर्श सामुदायिक वन उपभोक्ता समितिका सदस्य सीताराम बास्तोलाका अनुसार २ दिनदेखि चितुवाले गाउँ पसेर आतंक मच्चाउन थालेको छ ।
बुधवार राति भोजराज बास्तोलाको बाख्रा मारेको, दीपक बास्तोलाको बाख्रा र देवीप्रसाद अधिकारीको गाईको बाछो घाइते बनाएको बताए ।

चितुवाले गाउँमा दुःख दिन थालेपछि डिजिभन वन कार्यालय र प्रहरी प्रशासनलाई गुहार्दा समेत कोही नआएको उनको दुःखेसो छ ।

डिभिजन वन कार्यालयका वन अधिकृतले चितुवा नियन्त्रणमा लिन खोर बनाउँदै गरेको बताए । उनले स्थानीयले जानकारी गराएलगत्तै खोरको व्यवस्था गर्न थालेको बताए ।

हाल मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका केही सामुदायिक वनमा कोशी टप्पु वन्यजन्तु आरक्ष केन्द्रले स्वचालित क्यामेरा जडान गरेर हात्ती, चितुवा, बाघ लगायतका जंगली जनावरको निरीक्षण गरिरहेको छ ।

 

प्रकाशित : 21 April, 2022

प्रतिक्रिया दिनुहोस्