नेपाली काँग्रेसले पार्टी कार्यालयमा लगाएको ताला खोल्यो

सहयात्रा टिभी

काठमाडौं। वैशाख ८, नेपाली काँग्रेसको असन्तुष्ट पक्षले कास्की जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खोलेको छ ।

पार्टी निर्णय नसच्याएमा ताला नखोल्ने अडान लिए पनि अन्ततः असन्तुष्ट पक्ष पार्टी निर्णय मानेर जान सहमत भएको हो ।

‘हामीले महानगरपालिका मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि ताला लगाएका थियौं, महानगरपालिकाका सबै साथीहरुसँग छलफल गर्दा पार्टीको निर्णय उल्लंघन गरेर जाने अवस्था छैन भन्ने भयो ।

तयस्तै पोखरा महानगरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेसबाट उम्मेदवार हुने छन् । यसअघि भने पोखराको मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित भएका थिए ।

प्रकाशित : 21 April, 2022

प्रतिक्रिया दिनुहोस्