वैशाख ९ गते बाट हुने एसइई परीक्षाको तयारी

सहयात्रा टिभी

काठमाडौं। वैशाख ८,  वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको सम्पूर्ण तयारी पूरा भएको छ। यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले जानकारी दिए।

परीक्षाका लागि ती केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला पठाइसकेको उनले जानकारी दिए।

परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समितिलाई परिचालन गरेको छ। बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेशअनुसारका सबै जिल्लालाई प्रदेशले निर्देशन दिने तथा अनुगमन गर्ने गरी व्यवस्था गरिएको छ।

प्रकाशित : 21 April, 2022

प्रतिक्रिया दिनुहोस्