एमाले र लोसपाबीच गठबन्धन हुने
सहयात्रा टिभी
काठमाडौं। वैशाख ८, वीरगञ्ज महानगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन गर्ने निर्णय भएको छ।
वीरगञ्जमा दुबै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी महानगरमा गठबन्धन गरेर निर्वाचनमा जाने जानकारी गराएको हो।
वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा महानगरको मेयरमा एमालेको तर्फबाट विजय कुमार सरावगी र उपमेयरमा लोसपाबाट पुरुषोत्तम झा उम्मेदवार हुने बताइएको छ।