बिस्फोटको छानबिनका लागि निर्देशन

काठमाडौं। वैशाख ८, उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले पाटन औद्योगिक क्षेत्रमा बिहीबार भएको बिस्फोटको छानबिनका लागि निर्देशन दिएका छन्।
घटनास्थलको निरीक्षणमा पुगेको मन्त्री बडुले घाइतेको उपचार सरकारले गर्ने बताए।
अक्सिजन सिलिण्डर रिफिल गर्ने क्रममा प्राविधिक त्रुटिका कारण बिस्फोट भएको जस्तो देखिने र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरीले जनाएको छ।