उपकार लघुवित्तको आइपिओ बाँडफाँट

सहयात्रा टिभी

काठमाडौं। वैशाख ९, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो ।

आइपिओका लागि २४ लाख ३१ हजार १७० जना आवेदन दिएकोमा १० कित्ताका दरले २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । आइपिओ गोला प्रथा विधिबाट बाँडफाँट गरिएको हो ।

१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो । बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको छ । यो सँगै लघुवित्तको आइपिओमा आवेदन दिएकामध्ये झण्डै २४ लाखको हात रित्तो भएको छ ।

लघुवित्तले २५ चैतदेखि ३० चैतसम्म सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्काशन गरेको थियो ।

 

प्रकाशित : 22 April, 2022

प्रतिक्रिया दिनुहोस्