कम्युनिस्टलाई विभाजित गरेर फेरि निरंकुशता लाद्ने षड्यन्त्र भइरहेको छ: प्रचण्ड

काठमाडौं। वैशाख ९, आज पार्टी कार्यालयमा कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले त्यसविरुद्ध परिवर्तनमा सहभागी माओवादी र कम्युनिस्ट आन्दोलनका नेता कार्यकर्तालाई एकताबद्ध भएर लाग्न अपिल पनि गरे ।
माओवादी आन्दोलनलाई क्रान्तिकारी कम्युनिस्टहरुलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ । फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइरहेको छ,” उनले भने ।
उनले जनयुद्धका उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको पनि बताए । “जनयुद्धले स्थापना गरेका मान्यता, मुद्धाहरु उल्ट्याउने षड्यन्त्र भइरहेको छ ।