सुरक्षा सहित निर्वाचन हुने

सहयात्रा टिभी

काठमाडौं। वैशाख ९, चुनौति भएपनि सुरक्षासहित निर्वाचन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले राजनीतिक दलहरूको मनोनयन तालिका सार्वजनिक गरेको छ ।

नेकपा एमालेका लागि ११ गते दिउँसो २ देखि ४, नेपाली कांग्रेसका लागि १२ गते दिउँसो २ देखि ४ र नेकपा माओवादी केन्द्रको लागि ११ गते दिउँसो १२ देखि २ बजेसम्म मनोयनको समय तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका लागि १२ गते दिउँसो १२ देखि २, जनता समाजवादी पार्टीका लागि ११ गते बिहान ११ देखि १२, राट्रिय प्रजातन्त्र पार्टी नेपालका लागि ११ गते दिउँसो २ देखि ४, राट्रिय प्रजातन्त्र पार्टीका लागि ११ गते बिहान १० देखि ११ बजे र राट्रिय जनमोर्चा पार्टीका लागि १२ गते बिहान १० देखि ११ बजेसम्म मनोयनको समय तोकिएको गुल्मीका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

साथै राष्ट्रिय जनमुक्ति पार्टी गुल्मी, नेकपा माले, बिबेकशील साझा पार्टीकन नलगि ११ गते दिउँसो ४ देखि ५ बजेसम्म मनोयनको समय तोकिएको छ ।

प्रकाशित : 22 April, 2022

प्रतिक्रिया दिनुहोस्