रेनु दाहालले मेयर पदबाट राजीनामा दिने
सहयात्रा टिभी
काठमाडौं। वैशाख ९, चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिने भएकी छिन् ।
फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिन लागेकी हुन् ।
सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।