मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान

काठमाडौं। वैशाख ११, नेपाल भाषाका सगीत, म्युजिक भिडियो र फिल्म क्षेत्रका ४६ विधामा अवार्ड प्रदान गरिएको छ।
समारोहमा ख्यातिप्राप्त हास्यव्यग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
कार्यक्रममा ईलोहं प्रकाशनका संरक्षक धर्मवीर शाक्यले दोसल्ला ओढाएर र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले लाइफटाइम सम्मान पत्र प्रदान गरेर मदनकृष्णलाई सम्मान गरेका थिए।
त्यस्तै, गीतकार वि। नन्द वैद्य, संगीतकर्मी निर्मलरत्न शाक्य, कलाकार अन्नपूर्णेश्वरी श्रेष्ठ र इमर्ज ब्यान्डलाई जुरी अवार्डबाट पुरस्कृत गरिएको छ।