काभ्रेपलान्चोकमा गठबन्धन बीच जुट्यो सहमति

सहयात्रा टिभी

काठमाडौं। वैशाख ११, पाँच दलबीच काभ्रेपलान्चोक जिल्लामा गठबन्धन गर्ने सहमति कायम भएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार नेपाली काँग्रेसलाई ४ नगरपालिका र ३ गाउँपालिका भागमा परेको छ । जसमा बनेपा नगरपालिका, पनौती, नमोबुद्व, पाँचखाल नगरपालिका रहेको छ । तेमाल, रोशी र बेथान चोक गाउँपालिका काङ्ग्रेसलाई परेको हो ।

नेकपा एकीकृत समाजवादी समाजवादीको भागमा धुलिखेल र मण्डनदेउपुर नगरपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रलाई ४ गाउँपालिका परेको छ । जसमा चौारीदेउराली, भुम्लु, खानीखोला र महाभारत गाउँपालिका परेको काङ्ग्रेस काभ्रेका सचिब माधव ढकालले जानकारी दिएका छन् ।

 

 

प्रकाशित : 24 April, 2022

प्रतिक्रिया दिनुहोस्