राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई आर्थिक सहयोग

सहयात्रा टिभी

काठमाडौं। वैशाख १३, सोमबार त्रिपुरेश्वर स्थित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघमा आयोजित कार्यक्रममा नवनियुक्त सदस्य सचिव घिसिङले सो कल्याणकारी कोषलाई नगद २ लाख ९ हजार १ सय १४ रुपैया हस्तान्तरण गरेका हुन् ।

अदालतको फैसला पछि काममा फर्किएका उहाँले मुद्धा अदालतमा विचाराधिनको अवधि ३ महिना १६ दिनको सेवा सुविधाको पैसालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई प्रदान गरे ।

पूर्वसदस्य सचिव रमेश कुमार सिलवालले सदस्य सचिवको पुनबहालीका लागि अदालतमा मुद्दा दायर गरेपछि घिसिङको नियुक्तिलाई अदालतले तत्काल रोक्न भनेको थियो ।

पछि अदालतले रमेश कुमार सिलवालको मुद्दा खारेज गरेपछि घिसिङ पुनः काममा फर्किनु भएको थियो ।

सोही बीचको अवधिको सेवा सुविधा बापतको पारिश्रमिक खेलाडीहरूकै लागि सहयोग पुगोस् भन्ने उद्देश्यका साथ खेलाडी कल्याणकारी कोषलाई प्रदान गरिएको सदस्य सचिव घिसिङले बताए ।

प्रकाशित : 26 April, 2022

प्रतिक्रिया दिनुहोस्