इरानका राष्ट्रपति लाई गैरआवासीय नेपाली राजदूतका रूपमा आफ्नो ओहोदाको पत्र बुझाए

काठमाडौं। वैशाख १४,पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले इरानका राष्ट्रपति आयतोल्लाह सैयद इब्राहिम राइसीलाई गैरआवासीय नेपाली राजदूतका रूपमा मंगलबार आफ्नो ओहोदाको पत्र बुझाएका छन्।
इरानको राष्ट्रपति भवन तेहरानमा आयोजित विशेष समारोहमा राजदूत अधिकारीले प्रमाण पत्र बुझाएका हुन्।
राजदूत अधिकारीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति आयतोल्लाहको सुस्वास्थ्य एवं दुई देशका जनताबीचको सम्बन्ध थप सुदृढ हुने विश्वाससहित पठाएको सन्देश हस्तान्तरण गरेका छन्।
राष्ट्रपति आयतोल्लाहले इरानका लागि नेपालका राजदूतका रूपमा अधिकारीलाई स्वागत गर्दै समकक्षी भण्डारीसहित नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना व्यक्त गरेको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ।
ओहोदाको प्रमाण(पत्र बुझाएपछि संक्षिप्त शिष्टाचार वार्तामा राजदूत अधिकारीले नेपाल र इरानबीचको द्विपक्षीय सम्बन्ध सधैँ आपसी विश्वास र सहयोगमा आधारित रहेको बताए। रा