मकवानपुर गोल्डकप जेठ १२ बाट

सहयात्रा टिभी

काठमाडौं। वैशाख १४, मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता जेठ १२ बाट हुने भएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघको मंगलबार बसेको बैठकले जेठ १२ गतेबाट मकवानपुर गोल्डकप फुटबलको आयोजना गर्ने निर्णय गरेको हो ।

फुटबल संघको आयोजनामा हुँदै आएको मकवानपुर जिल्ला लिग र गोल्डकपको मिति तोकेर पनि तयारी नपुगेको भन्दै सारिएको थियो । गोल्डकपको लागि मकवानपुरका १० वटै स्थानीय तहले बजेट विनियोजन गर्दै आएको छ ।

प्रकाशित : 27 April, 2022

प्रतिक्रिया दिनुहोस्