३५ हजार पदका लागि डेढ लाख उम्मेदवारःस्थानीय निर्वाचनमा

काठमाडौं। वैशाख १४, देशभरका स्थानीय तहका विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन आयोगका अनुसार प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।
यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।