राष्ट्र बैंकको ६६औँ वार्षिकोत्सव

सहयात्रा टिभी

काठमाडौं। वैशाख १४, नेपाल राष्ट्र बैंकले आज आफ्नो ६६औँ वार्षिकोत्सव मनाउँदै छ ।

वार्षिकोत्सव समारोहमा नेपालको अर्थतन्त्रमा कोभिड–१९ का कारण परेको असर र अहिलेको खस्कँदो अर्थतन्त्रका बारेमा पनि छलफल हुनेछ ।

खस्कँदो अर्थतन्त्रका कारण नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका सबै सूचकहरूमा नकारात्मक असर परिरहेको र यसलाई सकारात्मक ढंगबाट अघि बढाउने वषयमा पनि छलफल हुने राष्ट्र बैंकले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मालाई भने बोलाइएको छैन । पछिल्लो समय अर्थमन्त्री शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीच तिक्ततापूर्ण सम्बन्ध छ ।

अर्थमन्त्री शर्माको प्रस्तावमा सरकारले केही दिनअघि गभर्नर अधिकारीविरुद्ध गोप्य सूचना चुहाएको आरोपमा जाँचबुझ गर्न समिति गठन गरेको थियो । त्योसँगै अधिकारी निलम्बनमा परेका थिए ।

प्रकाशित : 27 April, 2022

प्रतिक्रिया दिनुहोस्