चट्याङ बाटलागेको आगलागीले दुई घर जलेर नष्ट

काठमाडौं। वैशाख १४, ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो ।
टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का दिलबहादुर राईले जानकारी दिए ।