बुद्धजयन्ती लन्डनको केन्द्र ट्राफल्गरमा मनाइने

काठमाडौं। वैशाख १५, यस वर्षपनि बुद्धजयन्ती मनाइने भएको छ ।
आगामी मे २२ मा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानलाई लन्डनस्थित नेपाली दूतावासमार्फत् औपचारिक निमन्त्रणा पठाइएको बुद्ध फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
विगतमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा योपटक दूतावासमार्फत् पठाइएको छ, कन्फरमेसन आएको छैन, मेयरको उपस्थिति रहनेमा आशावादी छौुं, श्रेष्ठले भने । बेलायतका सरकारी अधिकारीसंगै यहाँस्थित विभिन्न देशका ‘डिप्लोम्याटहरु’ लाई पनि आमन्त्रण गरिएको दूतावासले जनाएको छ ।