अभिनेत्री केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

काठमाडौं। वैशाख १५, अभिनेत्री केकी अधिकारी बिहीबार विवाह बन्धनमा बाँधिदै छिन्। उनले प्रेमी रोहित तिवारीसँग विवाह गर्न लागेकी हुन्।
पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा विवाह गर्न लागेको उनले बताएकी छिन्। उनले बुधबार मेहन्दी उत्सव गरेकी थिइन्।
रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० हुन्। केकी र रोहित एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर प्रेम सम्बन्धलाई उनीहरूले सार्वजनिक गरेका थिएनन्।