खेलाडी छनोट सुरु नगरेकोमा युवाहरुको गुनासो

सहयात्रा टिभी

काठमाडौं। वैशाख १६, प्रतियोगिताको तयारीबारे पोखरामा बिहीबार आयोजित अन्तरक्रियामा उनले राष्ट्रिय खेलकुद निर्धारित मितिमै आयोजना हुने भएकाले छनोटलाई तीव्रता दिनुपर्ने बताए ।

हामीसँग समय छोटो छ । खेलाडी छनोटदेखि प्रतियोगिताको तयारी सुरु गर्नु छ,’ उनले भने, ‘मेरो पनि सातै प्रदेशहरूलाई यही प्रश्न हो ।

किन खेलाडी छनोट सुरु नगर्नु भएको रु भोलिबाटै प्रक्रिया सुरु गर्नुस् सरकार आर्थिक, नैतिक र प्राविधिक रूपमा सहयोग गर्न तयार छ ।’

पोखरामा जेठ २२ देखि २८ सम्म हुने नवौं राष्ट्रिय खेलकुद तयारीबारे राष्ट्रिय खेलकुद परिषद राखेपले अन्तरक्रिया गरेको हो ।

पोखराको सुस्ताएको पर्यटनलाई समेत नवौं राष्ट्रिय खेलकुदले माथि उठाउन सहयोग पुग्ने उनले बताए ।

उनले भने, ‘कोभिडपछि हुन लागेको राष्ट्रिय खेलकुदले पोखरा सुरक्षित छ भन्ने सन्देशसमेत विश्वमा प्रवाह हुनेछ ।’

गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद २०४० सालमा पोखरामा भएको थियो ।

प्रकाशित : 29 April, 2022

प्रतिक्रिया दिनुहोस्