निर्वाचनका उमेदवार यतिबेला मत माग्न व्यस्त

सहयात्रा टिभी

काठमाडौं। वैशाख १७, वैशाख ३० गतेको आसन्न स्थानीय तहको निर्वाचनका लागी केन्द्रीय नेता लिएर उमेदवार मतदाताका घरदैलोमा सक्रिय बनेका छन् ।

राटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उमेदवार नागेश कोइरालाले चुनावी घरदैलो अभियान सुरु गरिसकेका छन् ।

कोइराला भन्छन्, “मतदातासँग भेटघाट गर्न घरदैलो कार्यक्रमलाई गति दिएको छु । मैले पार्टीका केन्द्रीय तहका नेताहरुलाई साथै लिएर हिँडिरहेको छु ।” उनले जिल्लामा उपलब्ध केन्द्रीय नेताले आफ्नो चुनावी अभियानमा साथ दिएको सुनाए ।

विराटनगर महानगरपालिकाको वडा नं. १, ३, ४, ५ र १२ का विभिन्न स्थानमा भएका घरदैलो अभियानमा नेपाली कांग्रेसका केन्द्रीय नेता महेश आचार्य पनि सहभागी भएका छन् ।

कोइरालाको पक्षमा जनमत सिर्जना गर्न खटिएका आचार्यले स्थानीय तहको निर्वाचनले देशभर निकै राम्रो माहोल बनेको र सर्वसाधारण मत हाल्ने दिन कुरेर बसेको बताए ।

कांग्रेसका केन्द्रीय नेता महेश आचार्यले विराटनगरले युवा उमेदवारलाई अघि सारेको बताउँदै अब देश र स्थानीय तहको विकास हुने विश्वास व्यक्त बताए ।

प्रकाशित : 30 April, 2022

प्रतिक्रिया दिनुहोस्