अब घोडामा चढेर चोभार घुम्न पाइने

काठमाडौं। वैशाख १७, काठमाडौंको प्रमुख पर्यटकीय स्थल हो ।
चोभार डेटिङदेखि चलचित्र र म्युजिक भिडिओ सुटिङका लागि पनि धेरैको रोजाइमा पर्छ चोभार डाँडा। पिकनिक खाने र मञ्जुश्री गुफा हेर्न पुग्नेको पनि चोभारमा घुइँचो हुन्छ।
चोभार जानुभयो भने अब तपाईं घोडामा चढेर घुम्न पनि सक्नुहुन्छ।
भोट्टी र बब्ली नामका कालो र खैरो घोडाले दिनदिनै पर्यटकलाई चोभार घुमाउँछन्।
यी घोडा कीर्तिपुर नगरपालिका ६ चोभारमा जन्मिएका ५० वर्षीय ज्ञानेन्द्र थापाले इलामको जौबारीबाट ल्याएका हुन्।