७ सय ५३ वटै मतगणना स्थलमा सीसी क्यामेरा अनिवार्य

काठमाडौं। वैशाख १६, निर्वाचन आयोगले पालिका चुनावमा लागि सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रबन्ध गर्न लगाएको छ ।
मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो ।
यस प्रयोजनका लागि आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै पालिकालाई परिपत्र पनि गरिसकेको छ ।
आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै–कुनै पालिकामा सीसी क्यामेरा राख्नैपर्नेरनपर्ने भनेर सोधिएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन रु भन्ने प्रश्न उत्पन्न बताउनुभयो ।
गएको चुनावमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा फेरि मतदानसमेत भएको थियो । चुनावका लागि १० हजार सात सय ५६ मतदानस्थल र २१ हजार नौ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।