महिला श्रमिकको व्यथा

काठमाडौं। वैशाख १८, उटा संस्थाको अनौपचारिक कार्यक्रममा उपस्थित महिलामध्ये अधिकांशले परिचय दिने क्रममा भने, ‘केही गर्दिनँ, घरमा बस्छु।
चल्तीको भाषामा ‘हाउसवाइफ’ अर्थात् गृहिणी। यसो भनिरहँदा उनीहरूले कताकता धक मानेजस्तो, लज्जाबोध भए जस्तो हाउभाउ व्यक्त गरेका थिए।
त्यस दृश्यले कार्यक्रममा उपस्थित कतिपयलाई अप्ठ्यारो महसुस गरायो। जो महिला बिहान भाले बास्नुअघि उठेर मध्यरातमा चराचुरुंगी गुँडमा पसेर ननिदाउन्जेल सन्तान र घरपरिवारका लागि खटिन्छे। उसैलाई आफूले गरेको काम आत्मसम्मानका साथ बताउन कठिन हुन्छ।
लजाएर हिँड्नुपर्ने परिस्थिति आखिर केले निम्त्यायो रु भान्सालगायत घरायसी कामको मात्र जिम्मामा महिलालाई कसले लगायो आर्थिक रूपमा आत्मनिर्भर नभएका, दलित, उत्पीडित, सीमान्तकृत महिला र पिँधमा परेका वर्गका लागि सचेत नागरिकले के सोच्यौं राज्यले पनि अनौपचारिक या औपचारिक क्षेत्रमा काम गर्ने महिलाका समस्यालाई सम्बोधन गरी ठोस योजनाहरू ल्याउन जरुरी छ।
श्रमिकलाई समस्यामुक्त गर्ने उलेख्य अनुभूति कुनै सरकारबाट भएन। योजनाहरू बनाउँदा उनीहरूको मागलाई केन्द्रमा राखेर काम गर्ने र आवश्यकताको पहिचान गर्ने प्रयाससम्म गरिएन। देशमा स्थानीय चुनावको चहल–पहल दिनप्रतिदिन बढिरहेको छ। चुनावका नाममा करोडौंको खोलो बगाइन्छ तर मजदुरका मुद्दालाई अघि सार्न खर्च होला कि जस्तो गरिन्छ।