भारतमा बढ्न थाले कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौं। वैशाख १८, पछिल्लो २४ घन्टामा भारतमा यसअघिका दिनभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

केही दिन यता कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि भारतमा कोरोनाभाइरसको चौथो लहर सुरु भएको हो कि भन्ने आशंका गरिएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ३ सय २४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यही समयमा २ हजार ८ सय ७६ जना ठिक भएका छन् ।

कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४० जनाको मृत्यु भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 1 May, 2022

प्रतिक्रिया दिनुहोस्