कालीकोटमा शुक्रबार रातिदेखि टेलिफोन सेवा अवरुद्ध

काठमाडौं। वैशाख १८, कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ ।
हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ ।
टेलिफोन सेवा अवरुद्ध हुँदा जिल्लाको रास्कोट नगरपालिका तथा नरहरिनाथ, पचालझरना, पलाँता, सान्नी त्रिवेणी, महावै, तिलागुफा र शुभकालिका गाउँपालिकासँग सम्पर्क विच्छेद भएका छन् ।