निर्वाचनलाई मध्यनजर गरी नाकामा कडाइ

सहयात्रा टिभी

काठमाडौं। वैशाख १९,  वैशाखमा ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

निर्वाचनलाई लक्षित गरी भारतबाट साना हतियार भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी नेपाल–भारतका सुरक्षाकर्मीले दशगजामा संयुक्त गस्ती पनि सुरु गरेका छन् ।

मतदानको दिन नजिकिँदै गर्दा नाकामा समेत कडाइ गर्न थालिएको इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले बताए । उ

नले स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सुरक्षा बलको संयुक्त टोलीले दशगजामा गस्तीलाई तीव्रता दिएको बताए ।

प्रकाशित : 2 May, 2022

प्रतिक्रिया दिनुहोस्