राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा आज महिलातर्फका खेल हुँदै

काठमाडौं। वैशाख १९, महिला पुरुष दुवै तर्फका विजेताले ६ लाख रुपैयाँ, उपविजेताले तीन लाख रुपैयाँ, तेस्रो हुने टोलीले एक लाख ५० हजार रुपैयाँ र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
लिगको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही ३५ हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ ।
लिगमा प्रत्येक टोलीले तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान राखिएको छ ।
आईतबार भएको खेलमा गण्डकी प्रदेश भलिबल क्लव, नेपाल पुलिस क्लव र त्रिभूवन आर्मी क्लवले छैटौं आररबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लव लिगमा पुरुषतर्फ विजयी शुरुवात गरेका छन् ।