मंगलबार सार्वजनिक विदा

काठमाडौं। वैशाख १९, भोलि मंगलबार सार्वजनिक विदा हुने भएको छ।
गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व इद इद उल फित्रका अवसरमा २० गते सार्वजनिक विदा दिएको हो।
मन्त्रालयका अनुसार नेपाल राजपत्रमा गत फागुन २६ मा प्रकाशित सूचनाअनुसार उक्त पर्वमा सार्वजनिक विदाको व्यवस्था गरिएकाले सोहीअनुसार मंगलबार विदा दिइएको हो।