कोरोना संक्रमितको संख्या एकल अंकमा, २४ घण्टामा मृत्यु शून्य

सहयात्रा टिभी

काठमाडौं। वैशाख १९, देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सो अवधिमा चार हजार २५५ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार ३३३ जनाले पिसिआर र ९२२ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १८ जना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६७४ पुगेको छ । यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 2 May, 2022

प्रतिक्रिया दिनुहोस्