पर्यटक आगमनमा सुधार

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, पछिल्लो ४ महिनामा १ लाख ३७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांक नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ।

बोर्डका अनुसार जनवरीमा १७ हजार, फेब्रुअरीमा २० हजार, मार्चमा ४२ हजार र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक घुम्न आएका हुन् ।

कोभिड १९ को महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा छ ।

सन् २०२० को अन्त्यमा सुरु भएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो । नेपाल सुरक्षित र साहसिक तथा भ्रमण गर्नको लागि सुरक्षित रहेको सन्देश विश्वमा गएको छ ।

कोभिड१९ का कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्र पुरानै लयमा फर्किने क्रममा रहेको ठम्याइ छ । पछिल्लो समय नेपालमा पर्यटन आगमनमा वृद्धिले यस्तो संकेत गरेको  छ ।

 

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्