आईपीएलमा कोलकाताको चौथो जित

काठमाडौं। वैशाख २०, नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग आईपीएलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।
मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।