तेस्रो हप्तामा पनि हलमा केजिएफ २ कै राज

काठमाडौं। वैशाख २०, केजिएफ २ु प्रदर्शनमा आएपछि तीन हप्ताअघि प्रदर्शनमा आएको बिग बजेट फिल्म आरआरआरुको आक्रामक प्रदर्शनीमा ब्रेक लाग्यो।
बक्स अफिसमा केजिएफले एउटा तुफान नै ल्यायो। एक हप्तापछि प्रदर्शनमा आएको शाहिद कपूर अभिनीत जर्सीु त्यही तुफानमा पर्यो।
केजिएफ २ अहिले तेस्रो हप्तामा पनि सबैभन्दा धेरै शो र सबैभन्दा धेरै दर्शकको चापका साथ प्रदर्शनमा आइरहेको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएका हिरोपन्ती २ र रनवे ३४ ले लगानी सम्म पनि सुरक्षित गर्ने हुन् कि होइनन् भन्नेमा धेरैले आशंका गरिरहेका छन्। त्यसको कारण पनि ुकेजिएफ २ु लाई नै मानिएको छ।
फिल्मले अहिलेसम्म विश्वभरिबाट एक हजार करोड भारू भन्दा बढी रकम कलेक्सन गरिसकेको छ।
योसँगै सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो नम्बरमा उक्लिएको छ। त्यस्तै फिल्मले हिन्दी डबबाट मात्रै साढे ३ सय करोडमाथिको कमाइ गर्दै हिन्दी बक्स अफिसमा तेस्रो ठूलो फिल्म बनेको छ।