मिर्गौला क्यान्सर हुने मुख्य कारण

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०,मिर्गौला शरीरका महत्वपूर्ण अंगमध्ये एक हो । जसले शरीरको कार्यप्रणालीलाई सुचारु राख्ने काम गर्छ ।

यसको प्रमुख काम भनेको शरीरका विकार पदार्थलाई फिल्टर गरेर शरीरबाट निष्कासन गर्ने हो ।

यसको संक्रमणदेखि मिर्गौला फेलसम्मको समस्या हुन्छ । थोरै असावधानी वा लापरबाही गर्दा मिर्गौलामा विभिन्न समस्या सिर्जना हुन्छ र मृत्युको मुखमा समेत पुर्‍याउन सक्छ ।

मोटो मानिसमा मिर्गौला क्यान्सरको सम्भावना पातलो मानिसको भन्दा निकै बढी हुन्छ । यद्यपि, मोटोपनको समस्याका कारण पनि मिर्गौला क्यान्सर हुन सक्छ । खासगरी, यस्ता मानिसमा उच्च रक्तचाप र मधुमेहको समस्या हुन्छ । र, यस्ता रोगको सीधा सम्पर्क मिर्गौलासँग हुन्छ ।

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्