रुसले युक्रेनमा पुनः हमला

काठमाडौं। वैशाख २०, नेश्नल गार्डका कमान्डर डेनिस श्लेगाले रुसले युक्रेनको मारिउपोलस्थित स्टिल उद्योगमा हमला जारी राखेको बताएका छन् ।
सोमबार एक टेलिभिजन अन्तर्वार्ता क्रममा उनले यस्तो दाबी गरेका हुन् । उनका अनुसार उद्योगमा सयौँ सर्वसाधारण फसिरहेका बेला रुसले सबै अस्त्र प्रयोग गरी हमला गरेको छ ।
कमान्डरका अनुसार स्टिल उद्योगको बङ्करमा अझै कयौँ साना बालबालिका छन् ।
सोमबार साँझ सामाजिकसञ्जालमा बाहिरिएका भिडियोमा आगोका ठूलठूला भुल्का देखिएको बिबिसीले उल्लेख गरेको छ ।