ओपो एफ१९ प्रो अब मात्र रु. ३५ हजार ९९० मा उपलब्ध

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, ओपोको एफ सिरिज युवा ट्रेन्डसेटरहरुबीचको उच्चतम रोजाईको रुपमा पर्न सफल मानिन्छ।

यस सिरिजले तिनीहरुको जीवन र काममा महत्वाकांक्षाहरु बढाउन मद्दत गर्दछ र तिनीहरुको व्यक्तिगत शैलीलाई पनि प्रतिनिधित्व गर्दछ। यसले आफ्ना प्रयोगकर्तामा नयाँ प्रविधि र भिडियो क्याप्चरिङ सुविधाहरुका साथमा रचनात्मकतालाई बाहिर ल्याउन मद्दत गरेको छ।

एफ१९ प्रो ओपोको पहिलो प्रिमियम स्मार्टफोन हो। जसले नवीन प्रवृतिहरुलाई मूर्त रुप दिन्छ र रमाइलो पलहरु खिच्न सकिन्छ।

एफ१९ प्रोसँग यसका डिजाइन र प्रविधिसँगै ट्रेन्डसेटरहरुका बीचमा ३० वाट भीओओसी फ्लास चार्ज ४.० प्रविधि, कलरओएस ११.१ जसले दैनिक कार्य क्षमतालाई बढाउनका साथै बिना कुनै रुकावट दिनभरिको कार्य सम्पादनमा मद्दत पुर्याउँछ।

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्