एप्पल वाच ८ मा शरीरको तापक्रम मापन गर्ने फिचर

सहयात्रा टिभी

काठमाडौं। वैशाख २०, एप्पलले आफ्नो आगामी स्मार्टवाचमा शरीरको तापक्रम मापन गर्न सकिने फिचर उपलब्ध गराउने भएको छ ।

यसअघि कम्पनीले एप्पल वाच ७ सिरिजमै यो फिचर उपलब्ध गराउने तयारी गरेको थियो ।

तर त्यसबेला एल्गोरिदम असफल हुँदा फिचर रोकिएको थियो । अब भने कम्पनीले शरीरको तापक्रम मापन गर्न सकिने सुविधासहित एप्पल वाच ८ सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समय अघिमात्रै सामसङको ग्यालेक्सी वाच ५ मा थर्ममिटर सेन्सर उपलब्ध हुने कुरा बाहिरिएको थियो ।

त्यस्तोमा एप्पलले पनि आफ्ना प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराउने गरी तयारी गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : 3 May, 2022

प्रतिक्रिया दिनुहोस्