आयोगले माग्यो कांग्रेस र माओवादीसँग जवाफ

काठमाडौं। वैशाख २१, स्थानीय तह सदस्यका लागि मतदान गर्ने दिन नजिकिँदै जाँदा आचारसंहिताका घटना बढेका छन् ।
निर्वाचन आयोगमै पुगेर आचारसंहिता पूर्णपालना गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका राजनीतिक दल तथा उम्मेदवारबाटै पनि यस्ता गतिविधि भइरहेका हुन् ।
आयोगले पछिल्लो समय माग गरेको जवाफ र सोधेको स्पष्टीकरणले पनि आचारसंहिता पालना नभएको देखाउँछ ।
आयोगले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग त जवाफ नै मागेको छ । कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौँ, रुख चिह्नमा मतदान गरी’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिन आएको भन्दै आयोगले सो पर्चा राखेको होरहोइन भनी जवाफ मागेको हो ।
आचारसंहिता कार्यान्वयन गर्ने प्रतिबद्धता सो दलले यसअघि गरिसकेको सन्दर्भमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त बनाउनेतर्फ आयोगले पुनः स्मरण गराएको छ ।