आईपीएल क्रिकेटमा गुजरात पन्जाबसँग पराजित

काठमाडौं। वैशाख २१ , न्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ ।
मुम्बईमा गएराति भएको खेलमा पन्जाब किङ्सले गुजरातलाई ८ विकेटले हराएको हो ।
गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो । पन्जाबका शिखर धवनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । भानुका राजपाक्षेले ४० र लियाम लिभिङस्टोनले अविजित ३० रन जोडे ।
गुजरातका मोहमद शामी र लक्की फर्गुसनले एकरएक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।