चर्चित गीत ‘एउटा सपना छ’ सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं। वैशाख २१, हास्यकलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको आवाजमा ‘एउटा सपना छ’ गीतको लिजेण्डरी भर्जन सार्वजनिक भएको छ।

 

 

श्रेष्ठको ७२औं जन्मदिनको अवसरमा मंगलबार साँझ गीत सार्वजनिक भएको हो। उक्त गीत यसअघि महिला र पुरुष भर्जनमा सार्वजनिक भएको थियो।

गीतमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ। गीतमा अभिनय भने आँचल शर्मा र गायक श्रेष्ठकै रहेको छ। जोनी योञ्जन तामाङको एरेन्ज रहेको गीतमा मित्र मगर तथा गौरव योनजहाङले वाद्यबाधनमा साथ दिएका छन्।

प्रकाशित : 4 May, 2022

प्रतिक्रिया दिनुहोस्